सुनसरी — सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट मंगलबार २८ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।

प्रतिष्ठानका प्रवक्ता प्रा. डा. निदेश सापकोटाका अनुसार स्वास्थ्य प्रोटोकलअनुसार उनीहरुको दुई पटकसम्म पीसीआर जाँच गर्दा नेगेटिभ रिपोर्ट आएकाले घर पठाउनका लागि डिस्चार्ज दिइएको हो । डिस्चार्ज भएकाहरु १८ देखि ५६ वर्षका उमेर समूहका रहेका छन् ।


ADVERTISEMENT


भारतबाट फर्किएका उनीहरु दुई साताअघि कोरोना पुष्टि भएपछि उनीहरुलाई प्रतिष्ठानमा ल्याइएको थियो । प्रवक्ता सापकोटाका अनुसार अब प्रतिष्ठानको आइसोलेसनमा ५५ जना उपचाररत छन् । उनीहरु सबैको स्वास्थ्य अवस्था समान्य रहेको प्रतिष्ठानले जनाएको छ ।


ADVERTISEMENT

# # #


प्रतिष्ठानको आइसोलेसनमा हालसम्म १ सय ८४ जना राखिएकोमा मंगलबार डिस्चार्ज गरिएकासहित ९९ जना निको भएर घर फर्केको प्रवक्ता सापकोटाले बताए ।