अल्जाइमर एक किसिमको बिर्सिने रोग हो । यो रोग लागेपछि मान्छेको स्मरण शक्ति कमजोर हुने गर्दछ । बोल्दा पनि लड्खडाउन सुरु हुन्छ र निर्णय लिने क्षमता पनि कमजोर बन्ने विशेषज्ञको भनाई छ ।


ADVERTISEMENT


यो रोग सामान्यतया ६० वर्षको उमेरपछि हुने गर्दछ र यसको स्थायी औषधि आजसम्म पत्ता लागेको छैन । यद्दपी नियमित जाँच र सुरुवाती उपचारका माध्यामबाट यसलाई नियन्त्रणमा ल्याउन सकिन्छ । तर, बिरामी पूर्ण रुपमा निको हुन्छन् भन्न सकिँन्न । अहिले वैज्ञानकिले यसको उपचारको अनौठो तरिका निकालेका छन् ।


ADVERTISEMENT

# # #


चम्किलो प्रकाश र क्लिकिंग साउन्डको को संयोजनमा एक खास किसिमको तरंग तयार गरिएको छ । जसलाई ‘गामा वेभ’ (गामा तरंग) भनिन्छ । यही तरंगबाट अल्जाइमरको उपचार सम्भव बनाउने प्रयास भइरहेको छ ।

डिमेन्सियाको रोगमा फाइदाजनक

अनुसन्धानकर्ता ली–ह्युई त्साई यस दिशामा लामो समयदेखि काम गरिरहेका छन् । उनको अहिलेसम्म्को शोधले डिमेन्सियाको सबैभन्दा सामान्य रोगलाई निको पार्नमा धेरै हदसम्म प्रभावकारी सावित भएको छ ।

विश्वभर अहिले ६ करोड बढी मानिस डिमेन्सियाबाट प्रभावित भएका छन् । सन् २०५० सम्म यो संख्या तीन गुणा बढ्ने आशंका गरिएको छ । अल्जाइमर भएमा दिमागको कोषिका बाहिर एक विषाक्त अल्माइलोइड पत्र जम्ने गर्दछ । यही पत्रको कारण दिमागका सबै भागहरुमा तामेल हुन सक्दैन । पछिल्ला तीन दशकदेखि यही अल्माइलोइड पत्र हटाउने औषधि बनाउने काम भइरहेको छ । यद्दपी अहिलेसम्म सफलता हात परेको छैन ।

फ्लेमेन्को नृत्यकारको पाइतालाको जस्ते आवाजले दिमागमा हलचल ल्याउँछ ।

नयाँ अध्ययनले संकेत गरेका छन् कि केमिकल उपचारको सट्टा विद्ययुतीय उपचार यसको एक उत्तम विकल्प हुन सक्छ । तरंगका माध्यमबाट विषाक्त पदार्थलाई आफ्नो असर सुरु गर्नुभन्दा पहिले नै मार्न सकिन्छ । जसरी टिभि र रेडियोमा फरक फरक रेडियो वेभका माध्यमबाट कार्यक्रम प्रसारित गरिन्छ । ठीक त्यसैगरी फरक फरक फ्रीक्वेन्सी भएको ब्रेनवेभका माध्यमबाट यो उपचार रिन्छ ।

तरंगको प्रवाहले काम गर्न लाग्यो माइक्रोग्लिया

सन् २०००को एक अध्ययनमा बताइएको छ कि अल्जाइमर बिरामीलाई गामा तरंग हुने गर्दछ । दिमागमा यो खलबल बिरामी भएपछि सुरु हुन्छ या कुनै न्यूरोडिजेनेरेशनको परियााम हो भनेर भन्न मुस्किल छ । यसका लागि त्साईको टिमले अप्टोजेनेटिक्स नामको तरंगलाई दिमागमा पठाएर गामा तरंगलाई उत्तेजित गरेर निरीक्षण गरे ।

गामा तरंगका माध्यमबाट सक्रिय भएको माइक्रोग्लिया ।

त्यसपश्चात उनको टिमले पायो कि यो प्रयोगले अल्जाइमर रोगसँग जोडिएको अल्माइलोइड टुक्राहरुमा मात्र कमी आएन, जुन तन्त्रका कारण यो रोग लाग्ने गर्छ त्यसलाई नियन्त्रण गर्नेमा पनि सफलता मिलेको छ ।  मस्तिष्कमा माइक्रोग्लिया नामक एक विशेष प्रकारको कोषिका हुन्छ, जसले दिमागको कार्यवाहक र सुरक्षा गार्डको रुपमा काम गर्दछ ।

प्रोफेसर त्साई भन्छन्, ‘यो कोषिका दिमागको इम्यून सर्भिलेन्स हो ।’ पछिल्लो अनुसन्धानमा पाइएको छ कि अल्जाइमरका बिरामीमा माइक्रोग्लियाले आफ्नो जिम्मेवारी सही तरिकाले निभाइरहेको थिएन । तर, गामा तरंगका माध्यमबाट माइक्रोग्लियालाई उसका काम पूरा सफलताका साथ गराएको छ । मात्र एक घण्टामा तरंगको प्रहारबाट माइक्रोग्लियाले सक्रिय रूपमा काम गर्न लाग्यो ।

मुसामा गरिएको परीक्षण सफल

एक प्रयोगमा मुसामा प्रत्येक दिन एक घण्टासम्म प्रकाश छिराइयो । दोस्रो प्रयोगमा उच्च ध्वनीको प्रयोग गरियो । जसबाट गामा तरंगले दिमागको सुरक्षागार्ड माइक्रोग्लिया कोषिकाको गतिविधिलाई बढाउनुका साथसाथै विषाक्त अअल्माइलोइडमा पनि कमी ल्याएको पाइयो ।

यतिमात्र होइन, मुसाको व्यवहारमा पनि अन्तर देखियो । उत्तेजना प्राप्त गरेको मुसामा भूलभुलैयामा पनि आफ्नो बाटो पत्ता लगाउन सहज भयो । जबकी अन्य ठूला भए पनि त्यस कुरामा असफल भए ।

गामा तरंगको परीक्षण मुसामाथि त सफल भयो । अब यसको परीक्षणका रुपमा मानिसमा पनि क्लिनिकल ट्रायल शुरू भएको छ । डिमेन्शियाका सुरुवाती लक्षण भएका बिरामीमा त यो प्रयोगको नतिजा एकदमै प्रभावकारी साबित भएको छ । यद्यपी यो सुरुवाती चरण मात्रै हो । अझ उत्तम नतिजाका लागि अझै बढीभन्दा बढी यो प्रयोग दोहोर्‍याउन आवश्यक छ ।

गमा तरंगको परीक्षण मुसामा सफल भएको छ ।

के स्वस्थ्य व्यक्तिमा पनि दिन सकिन्छ ?

बिरामीलाई गामा तरंग कति फ्रीक्वेन्सीमा दिन सकिन्छ भन्ने कुराको ट्रायल हुन पनि काँकी नै छ । साथै यो पनि पत्ता लगाउने प्रयास भइरहेको छ कि के गामा तरंग स्वस्थ व्यक्तिमा पनि दिन सकिन्छ ? तर, प्रोफेसर त्साई बताउँछन् कि कुनैपनि तरंगको एक सीमा हुन्छ ।

फेरि पनि एक उमेरपछि स्मरण कमजोर हुने लक्षण सुरु हुनासाथ नै गामा तरंगको प्रयोग गर्न सल्लाह दिन सकिन्छ । यद्यपी अल्जाइमर जस्ता रोगसँग जोडिएका थुप्रै प्रश्न यस्ता छन्, जसको जवाफ खोज्न अझै बाँकी छ । तर, जुन दिशामा अनुसन्धान अघि बढिरहेको छ, त्यसलाई हेर्दा यस्तो लाग्छ कि चाँडै नै यो रोगको सही उपचार भेटिनेछ ।

अल्जाइमर बिरामीको उपचारमा गामाले नयाँ बाटो खोल्न सक्छ ।

– बीबीसी