काठमाडौँ – कर्णाली प्रदेशका थप २० जनामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ ।


ADVERTISEMENT


जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, सुर्खेतस्थित प्रादेशिक अस्पताल र पशुपंक्षी रोगअन्वेषण प्रयोगशाला र दाङको राप्तीस्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ३ जना महिला र १७ जना पुरुषमा कोरोना देखिएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


मन्त्रालयका अनुसार प्रादेशिक अस्पताल र पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा १६ जनाको पोजेटिभ आएको छ । जसमध्ये सल्यानको वनगाढ कुपिण्डे नगरपालिकाका १७ देखि ३० वर्षसम्मका १२ जना पुरुष रहेका छन् । यस्तै सुर्खेतको वीरेन्द्रनगर नगरपालिका २ वर्षीय बालक र २२ वर्षीय पुरुष र १९ वर्षीय एक महिला र सुर्खेतकै गुर्भाकोट नगरपालिकाकी ५० वर्षीय महिलामा पनि कोरोना देखिएको छ ।

यस्तै जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा जुम्लाको हिमा गाउँपालिकाकी ३५ वर्षीय महिला र तिला गाउँपालिकाका २८ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको छ । यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा सल्यानको कपुरको गाउँपालिकाका १९ वर्षीय पुरुष र सुर्खेतको सिम्ता गाउँपालिकाका २४ वर्षीय पुरुषमा पनि कोरोना पाइएको छ ।

यसरी कर्णालीमा कोरोना संक्रमितको संख्या ६७१ पुगेको छ । जसमध्ये ११ जना उपचारपछि निको भएका छन् भने ३ जनाले ज्यान गुमाएका छन् ।