काठमाडौँ – नेपालमा कोरोना भाइरस (कोभिड–१९) का कारण थप एक जनाको मृत्यु भएको छ ।


ADVERTISEMENT


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार चितवनको भरतपुरस्थित कोराना विशेष अस्पतालमा चितवन भरतपुर ११ का एक जना पुरुषको मृत्यु भएको हो । सोमबार (हिजै) भरतपुर अस्पतालमा नै गरिएको परीक्षणमा कोरोना  पोजेटिभ देखिएका उनको आज मृत्यु भएको प्रवक्ता डा. गौतमले जानकारी दिए ।


ADVERTISEMENT

# # #


ती मृतक व्यक्ति ज्वरो, निमोनिया, सुगर र प्रेसरका रोगी थिए ।  यससंगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १५ पुगेको छ ।

सअघि सिन्धुपाल्चोककी २९ वर्षीय महिला, बाँकेका २५ वर्षीय युवा, गुल्मीका ४१ वर्षीय पुरुष, बाराका ७० वर्षीय पुरुष, दैलेखका ३५ वर्षीय पुरुष, ललितपुरका ५६ वर्षीय पुरुष, अर्घाखाँचीका ३५ वर्षीय पुरुष, बाजुराकी २ वर्षीया बालिका, दोलखाका ७६ वर्षीया पुरुष, पाल्पाका ४५ वर्षीय पुरुष, सुर्खेतका २८ वर्षीय पुरुषले कोरोनाका कारण ज्यान गुमाएका थिए ।

नेपालमा आजसम्म कोरोना संक्रमितको संख्या ४०८५ पुगेको छ । आजै थप ३२३ जना नयाँ संक्रमित फेला परेका छन्  भने ९६ जना डिस्चार्ज भएका छन् ।