काठमाडौँ – नेपालमा थप ३२३ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित भेटिएका छन् । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा आज जना २९२ पुरुष र ३१ जना महिला गरी थप ३२३ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT


मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा १२५ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा २४ जनाको पोजेटिभ देखिएको छ ।


ADVERTISEMENT

# # #


यस्तै कर्णाली प्रदेशका प्रयोगशालामा गरिएको परीक्षणमा २० जनाको पोजेटिभ आएको छ । यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा ३ जना पुरुष, कोशी अस्पतालमा गरिएको परीक्षणमा इलामका १ जना पुरुष, धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ७ जनामा कोरोना पाइएको छ ।

यस्तै जनस्वास्थ्य प्रयोगशाला भरतपुरमा गरिएको परीक्षणमा ४ जना महिला र २४ जना पुरुष गरी ३० जनामा पोजेटिभ देखिएको छ । यस्तै जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा ४१ जनाको पोजेटिभ आएको छ । यस्तै जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा ४१ जनाको पोजेटिभ आएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा ६ जनाको पोजेटिभ आएको छ भने बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा गरिएको परीक्षणमा ९ जनाको पोजेटिभ आएको छ । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ३७ जनाको पोजेटिभ आएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४०८५ पुगेको छ । जसमध्ये १५ जनाको मृत्यु भएको छ भने ५८४ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।  आज मात्रै चितवनका एक पुरुषको कोरोनाबाट मृत्यु भएको छ भने  ९६ जना डिस्चार्ज भएका छन् ।