काठमाडौँ – महानगरीय ट्राफिक प्रहरी महाशाखाले लकडाउनलाई थप कडाई गरेको छ । महाशाखाले लकडाउनको उल्लंघन गर्दै अत्यावश्यक काम बाहेक सवारी साधन चलाउनेमाथि चेकजाँच गर्दै नियन्त्रणमा लिएको हो।


ADVERTISEMENT


महाशाखाले दिनमा १५५ स्थान र रातमा ४५ स्थानमा चेकप्वाईन्ट राखेर उपत्यकाको मुख्य नाकाहरू, मुख्य सडक तथा भित्री सडकहरूमा समेत ट्राफिक प्रहरी परिचालन गरी चेकजाँचमा कडाई गरेको छ ।


ADVERTISEMENT

# # #


आज मात्रै काठमाण्डौ उपत्यकामा लकडाउन उल्लंघन गर्ने ३,६४७ वटा २ पाङ्ग्रे र ४६० वटा ४ पाङ्ग्रे गरी जम्मा ४,१०७ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भिमप्रसाद ढकालले जानकारी दिए । उनले भने “आज विहान ६ बजे देखि वेलुका ७ बजे सम्म उक्त संख्यामा नियन्त्रणमा लिएको हो ।”

लकडाउन खुकुलो भन्ने गलत कुराको पछाडि नलाग्न, कुनै पनि हल्ला, भ्रममा नपर्न र लकडाउनको पूर्ण पालना गर्न तथा उच्च सुरक्षा सतर्कता अपनाउन महाशाखाका प्रमुख ढकालले अनुरोध गरेका छन् । उनले लकडाउनमा पास नलिई सवारी चलाउने गरेको पाइएकाले त्यस्ता सवारी साधन नियन्त्रणमा लिनु परेको बताए ।

केहि दिन यता लकडाउन खुकुलो भएको ठान्दै सडकमा चहलपहल बढेपछि पुनः अझ बढी कडाई गर्न थालेको र पासको दुरूपयोग गर्ने उपर पनि महाशाखाले विशेष निगरानी तथा चेकजाँच गरी कारबाही गर्न थालेको जानकारी प्रवक्ता एसपी जीवन कुमार श्रेष्ठले बताए ।

उनले काठमाडौँ उपत्यकामा चैत्र ११ गतेदेखि आजसम्म लकडाउन उल्लंघन गर्ने ६१ हजार ४०६ वटा सवारी साधनहरू नियन्त्रणमा लिईसकेको बताए ।