काठमाडौं – उत्तर कोरियाले दक्षिण कोरियासँग दुई देशका नेताहरूबीचको हटलाइनलगायत सम्पूर्ण सञ्‍चार सम्पर्क बन्द गर्ने बताएको छ ।उत्तर कोरियाले दक्षिण कोरियालाई ‘शत्रुु भन्दै सञ्‍चार सम्पर्क बन्द गर्नुलाई आफूले थालेको कारबाहीहरूको पहिलो कदम भएको जनाएको छ ।


ADVERTISEMENT


मंगलबारदेखि दुई कोरियाका सम्पर्क कार्यालयमहरूबीच हुँदै आएको नियमित दैनिक सञ्‍चार सम्पर्क बन्द गरिएका छन् । सन् २०१८ मा भएको वार्तापछि दुई देशले आपसी तनाव कम गर्ने उद्देशयका साथ त्यस्तो सम्पर्क कार्यालय स्थापना गरेका थिए । सन् १९५३ मा समाप्त भएको कोरियाली युद्धपछि दुई देशबीच कुनै शान्ति सम्झौता नभएका कारण यी दुई देश प्राविधिक रूपमा अझै युद्धमै रहेका छन् ।


ADVERTISEMENT

# # #


एक कोरियाली समाचारसंस्था केसीएनएका अनुसार उत्तर कोरियाले ‘सन् २०२० जून ९ को १२ बजेदेखि उत्तर-दक्षिण संयुक्त सम्पर्क कार्यालयमार्फत् दुवै देशका अधिकारीबीच स्थापित सञ्‍चार सम्पर्क पूर्णरूपमा बन्द गर्नेछ।’

बीबीसी