काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपालबारे दिएको अभिव्यक्ति निन्दनीय रहेको बताएका छन् । आदित्यनाथले केही समय पहिले नेपालले सीमा निर्धारण गर्दा त्यसको परिणाम पनि ख्याल गर्नुपर्ने धम्कीपूर्ण आपत्तिजनक अभिव्यक्ति दिएका थिए ।


ADVERTISEMENT


विनियोजन विधेयक, २०७७ अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा सम्बन्धित निकायका शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिनेक्रममा प्रधानमन्त्री ओलीले आदित्यनाथको अभिव्यत्ति नाजायज भएको बताए । ‘यदी उहाँले त्यसरी बोल्नु भएको हो भने त्यो जायज होइन ।’ उनले भने, ‘नेपाललाई यदि उहाँले धम्क्याउन खोज्नु भएको हो भने त्यो उचित होइन ।’


ADVERTISEMENT

# # #


आदित्यथान केन्द्रीय सरकारको व्यक्ति पनि नभए पनि मुख्यमन्त्रीको रुपमा त्यसो उनले बोलेको हो भने अलोच्य विषय भएको प्रधानमन्त्री ओलीले बताए । उनले भने, ‘त्यो बोल्नु भएको र नेपाललाई त्यसरी धम्की दिनु भएको हो भने त्यो निन्दनीय विषय हो ।’

उनले आदित्यनाथको अभिव्यक्ति नेपालमाथिको अपहेलनाका रुपमा बुझ्ने भन्दै उनले भने, ‘नेपाल हेपिन तयार छैन, हेपिन मान्दैन भन्ने कुरा म योगीजीलाई स्मरण गराउन चाहन्छु ।’