काठमाडौँ – नेपालमा थप ९० जनाले कोरोना भाइरस (कोभिड–१९) जितेर घर फर्किएका छन् । २ जना महिला र ८८ जना पुरुष गरी ९० जना कोरोना निको भएर डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT


मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मोरङको विराटनगरस्थित कोशी अस्पतालबाट १ महिलासहित ६ जना डिस्चार्ज भएका छन् । यस्तै कोभिड–१९ युनिफाइड अस्पताल बलम्बुबाट काठमाडौँकी एक महिला पनि निको भएकी छन् भने जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १८ जना पुरुष डिस्चार्ज भएका छन् ।


ADVERTISEMENT

# # #


सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १ जना पुरुष, कोरोना विशेष अस्पताल जनकपुरबाट ३७ जना पुरुष, सिरहाको महेन्द्र गेनाई आइशोलेसनबाट २० जना पुरुष पनि डिस्चार्ज भएका छन् ।

यस्तै कोरोना विशेष अस्पताल दाङबाट ७ जना पुरुष डिस्चार्ज भएका छन् ।

यसरी नेपालका कोरोनालाई जितेर घर फर्किनेको संख्या ६७४ पुगेको छ । नेपालमा आजसम्म कोरोना संक्रमितको संख्या ४३६४ पुगेको छ । आजै थप २७९ जना नयाँ संक्रमित फेला परेका छन् ।