काठमाडौँ – नेपालमा थप २७९ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित भेटिएका छन् । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा आज २५७ जना पुरुष र २२ जना महिला गरी थप २७९ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT


मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा मोरङका ८ जना पुरुष र झापाकी एक जना महिलामा कोरोना पोजेटिभ देखिएको छ । यस्तै कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा झापाका ४ जना पुरुष र उदयपुरका १ जना पुरुषमा कोरोना पाइएको छ ।


ADVERTISEMENT

# # #


यस्तै कर्णाली प्रदेशका प्रयोगशालामा गरिएको परीक्षणमा ३७ जनाको पोजेटिभ आएको छ । यस्तै भरतपुरस्थित अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका २ जना पुरुषमा कोरोना पाइएको छ । यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा नवलपुरका १ जनामा पुरुष संक्रमण फेला परेको छ ।

यस्तै प्रादेशिक प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा सर्लाहीका २ जना पुरुष रहेका छन् भने प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा कपिलवस्तुका ७ जना पुरुष, नवलपरासी पश्चिमका ५ जना पुरुष, पाल्पाका १ जना महिलासहित १२ जना, प्यूठानका ६ जना पुरुषमा कोरोना पुष्टि भएको छ ।

यस्तै प्रादेशिक प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा सर्लाहीका २ जना पुरुष रहेका छन् । प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा ३७ जनाको पोजेटिभ आएको छ । जसमध्ये कपिलवस्तुका ७ जना पुरुष, नवलपरासी पश्चिमका ५ जना पुरुष, पाल्पाका १ जना महिलासहित १२ जना, प्यूठानका ६ जना पुरुष, रुपन्देहीका ७ जना पुरुष रहेका छन् ।

बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा गरिएको परीक्षणमा बाँकेका ३ जना पुरुष र बर्दियाका १ जना पुुरुषको पोजेटिभ आएको छ । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा सप्तरीका १ महिलासहित ६ जनामा कोरोना पाइएको छ । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा १६ जनाको पोजेटिभ आएको छ । जसमध्ये दार्चुलाका १ जना पुरुष, कैलालीका एक बालिका सहित २ महिला र १० जना पुरुष, कञ्चनपुरका २ जना पुरुष र डडेल्धुराका १ जना पुरुष रहेका छन् ।

यस्तै काभ्रेको धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा सर्लाहीका १० जना, कपिलवस्तुका १ जना महिला र १ बालकसहित १८ जना पुरुषका कोरोना पुष्टि भएको छ ।

यस्तै शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा धादिङका ४ जना महिला र १२ जना पुरुष गरी १६ जनामा कोरोना पुष्टि भएको छ । यस्तै काठमाडौँको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा १०९ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । जसमध्ये धनुषाका ११ जना पुरुष, गोरखाका एक जना महिलासहित ४ जना, कपिलवस्तुका बालिका सहित ३ महिला र १९ जना पुरुष गरी २२ जना, नुवाकोटका १ जना पुरुष, रौतहटका एक महिला र ५२ जना पुरुष गरी ५३ जना रहेका छन् ।

यस्तै सर्लाहीका १५ जना पुरुष, सिन्धुपाल्चोकका २ जना पुरुष, सिरहाका १ जना पुरुष र उदयपुरका ३ जनामध्ये १ जना महिला र २ जना पुरुष रहेका छन् ।

यससंगै नेपालमा कोरोना संक्रमितको ४३६४ संख्या पुगेको छ । जसमध्ये १५ जनाको मृत्यु भएको छ भने ६७४ जना निको भएका छन् ।