काठमाडौँ — कुवेतबाट नेपाली महिला कामदार लिएर पहिलो जहाज उडेको छ । कुवेत सिटीस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट जजीरा एयरलाइन्सको जहाज स्थानीय समयअनुसार बिहानको ४ बजे काठमाडौंका लागि उडेको हो ।कुवेतले बिहीबार बिहान दुईवटा ‘जहाजमार्फत नेपाली महिलालाई नेपाल पठाउन लागेको हो । कुवेतले पहिलो उडान बुधबार हुन नसकेपछि बिहीबार बिहानैबाट नेपालीलाई पठाइएको हो ।


ADVERTISEMENT


बिहीबार दुई वटा जहाजमा गरी ३ सय जना नेपाली महिला रहेका छन् । उनीहरुलाई आर्दिया क्याम्प र जिलिप डिपोर्टेसनमा राखिएको थियो । जिलिप डिपोर्टटेसनमा ७० जना थिए । उनीहरु सबै कुवेतमा घरेलु कामदारका रुपमा कार्यरत थिए ।


ADVERTISEMENT

# # #


 

कोभिड– १९ संकट व्यवस्थापन समितिले कुवेतबाट पहिलो उडान गर्नको लागि मंगलबार अनुमति दिइएको थियो ।