चितवन – चितवनको माडी नगरपालिकालाई पाँच दिनसम्मका लागि सिल गरिएको छ । नगरस्तरीय कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठकले आजदेखि लागू हुने गरी पाँच दिनसम्मका लागि नगरलाई नै सिल गर्ने निर्णय गरेको हो ।


ADVERTISEMENT


 

यस अवधिमा अत्यावश्यकीय सवारी साधनबाहेक अन्यको हकमा माडी प्रवेश गर्ने र माडी बाहिर जाने कार्यलाई पूर्णरूपमा बन्द गरिएको नगरपालिकाले जनाएको छ । जिल्लामा कोरोना सङ्क्रमित बढ्नुका साथै माडी नगरपालिकामा नै सङ्क्रमित देखापरेपछि यस्तो निर्णय गरिएको हो ।


ADVERTISEMENT

# # #


 

माडीमा पहिलोपटक सोमबार छ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उनीहरु भारतबाट आएर सोमेश्वर माविको क्वारेन्टिनमा रहेका थिए । उनीहरु हाल भरतपुर कोरोना विशेष अस्थायी अस्पतालको आइसोलेसनमा भर्ना भएका छन् ।