वासिङ्टन — अमेरिकी माथिल्लो सदन सिनेटले अमेरिकी वायुसेना प्रमुखमा जनरल चार्ल्स ब्राउन जुनियरको नाम अनुमोदन गरेको छ । अमेरिकी वायुसेनामा नेतृत्व गर्न पाउने उनी पहिलो अश्वेत नागरिक हुन् ।


ADVERTISEMENT


सिनेटमा भएको मतदानमा ब्राउनको पक्षमा ९८ तथा विपक्षमा शून्य मत परेको थियो । सिनेट बैठकको अध्यक्षता गरेका उपराष्ट्रपति माइक पेन्सले ब्राउनको नियुक्ति ऐतिहासिक भएको बताए ।


ADVERTISEMENT

# # #


प्रहरी नियन्त्रणमा एक अश्वेत नागरिक जर्ज फ्लोयडको मृत्यु भएपछि अमेरिकी समाज र राजनीति विभाजित छ । उक्त तनावबीच सिनेटमा भएको सुनुवाइमा ब्राउनको पक्षमा सर्वसम्मति भएको हो ।