काठमाडौं – सरकारले नेपाल–भारत सीमा सम्बन्धमा प्रमाण संकलनका लागि विष्णुराज उप्रेतीको संयोजकत्वमा ९ सदस्य रहेको समिति गठन गरेको छ ।


ADVERTISEMENT


परराष्ट्र मन्त्रालयको प्रस्तावमा गत जेठ २२ गतेको मन्त्रीपरिषद्को बैठकले उक्त निर्णय गरेको बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवम् अर्थ एवम् सूचना तथा सञ्चार प्रविधि मन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।


ADVERTISEMENT

# # #


उनका अनुसार गठित समितिले नेपाल–भारतबीचका सन्धी सम्झौता र समझदारीपत्र, तत्कालिन इष्ट इण्डिया कम्पनी ब्रिटिस सरकार र भारत सरकारसँग भएका पत्रचारहरुको सक्कल कागजात र नभए प्रतिलिपि खोज्नुपर्ने छ ।

यसैगरी सार्वाजनिक निकाय लगायत विभिन्न संघ संस्था, व्यक्ति, स्वदेशी तथा विदेश पुस्तकालय एवं अभिलेखालयबाट सीमा क्षेत्र सम्बन्धित सरकारी प्रतिवेदन, आदेश, प्रकाशन, सरकारका योजना लगायतका सरकारी दस्तावेज पनि खोज्ने सरकारका प्रवक्ता डा युवराज खतिवडाले बताए ।