पर्वत — शनिबार राति कुश्मा नगरपालिका–३ दुर्लुङमा गएको पहिरोमा पुरिएका ५ जनाको शव फेला परेको छ । ३ जनाको शनिबार राति र २ जनाको आइतबार बिहान शव भेटिएको हो ।


ADVERTISEMENT


घटनास्थलमा उद्धारका लागि पुगेका सुरक्षाकर्मीहरुको टोलीले ३ जनाको शव पुरिएको अवस्थाबाट निकालेको हो । दुई जना पुरिएकै अवस्थामा मृत फेला परेको भए पनि उनीहरुलाई बाहिर निकाल्न समस्या भएको छ ।


ADVERTISEMENT

# # #


मृतकहरुमा तुलबहादुर थापा, उनकी श्रीमती निमकुमारी थापा र नातिनी बिविसा थापाको शनिबार राती नै शव फेला परेको थियो । तुलबहादुरका नातिनातिनाहरु विवेक, कृपा र सुनिल थापा अझै बेपत्ता छैन ।

त्यस्तै आइतबार बिहान उद्धारकर्मीले पहिरोमा पुरिएका अरु २ जनाको शव फेला पारेको छ । उनीहरुको पहिचान हुन नसकेको प्रहरीले बताएको छ । उनीहरुलाई निकाल्न समस्या भइरहेको पर्वतका प्रहरी नायब उपरीक्षक विश्वराज अधिकारीले बताए । परिवारका सबैजना सुतिरहेको अवस्थामा खसेको पहिरोले सबै पुरिएका हुन् ।