बनियानी, झापा– झापाको मेचीनगरमा करेन्ट लागेर एक भारतीय नागरिएको मृत्यु भएको छ ।


ADVERTISEMENT


मेचीनगर– १० स्थित ओम शिव सेलर राईस मिलको उपकरण बनाउने क्रममा बिहीबार साँझ करेन्ट लागेर भारत किशनगञ्जका ४० वर्षीय सोम हास्दाको मृत्यु भएको काँकरभिट्टा इलाका प्रहरी कार्यालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


बिहीबार साँझ करेन्ट लागेर गम्भीर घाइते हास्दालाई उपचारका लागि बिर्तामोडतर्फ लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक टंक भट्टराईले बतए।