काठमाडौँ – कर्णाली प्रदेशका थप ५२ जनामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र सुर्खेतस्थित प्रादेशिक अस्पताल र पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा १ महिला र ५१ जना पुरुषमा कोरोना पुष्टि भएको हो ।


ADVERTISEMENT


मन्त्रालयका अनुसार सुर्खेतस्थित प्रादेशिक अस्पताल र पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखका ३५ र सुर्खेतका १५ जनामा कोरोना पोजेटिभ देखिएको छ ।


ADVERTISEMENT

# # #


यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा दैलेखका २० र २३ वर्षका २ जना पुरुषमा कोरोना पाइएको छ । यससँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ९६७ पुगेको छ । जसमध्ये ३ जनाको निधन भएको छ भने ९४ जना उपचारपछि निको भएका छन् ।