एजेन्सी – भारतीय फिल्म अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेका छन् । ३४ वर्षीय सुशान्त आइतबार मुम्बईस्थित बान्द्रामा रहेको आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेका हुन् ।
प्रहरीको रिपोर्ट अनुसार आत्महत्याको कारण खुलेको छैन । तर, उनी विगत ६–७ महिनादेखि डिप्रेसनको शिकार भएका थिए । टेलिभिजनबाट आफ्नो करियर सुरुवात गरेका उनले केही वर्षदेखि ठूलो पर्दामा राम्रा फिल्ममा काम गरेका थिए ।
भारतीय क्रिकेट टिमका पूर्व कप्तान महेन्द्र सिंह धोनीको जीवनीमा आधारित फिल्म ‘एमएस धोनीः द अनटोल्ड स्टोरी’ बाट चर्चामा आएका थिए । सन् २०१३ मा ‘काय पो छे’बाट फिल्म करियरमा प्रवेश गरेका उनको अन्तिम फिल्म ‘दिल बेचरा’ हो । मे ८ देखि रिलिज हुने भनिएको उक्त फिल्म विश्वभर फैलिएको कोरोना भाइस (कोभिड–)का कारण सरेको छ ।
सुशान्तले ‘पीके’, ‘केदारनाथ’, ‘वेलकम टु न्यूयार्क’ लगायतका एक दर्जन बलिउड फिल्ममा काम गरेका छन् ।