काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा ६१ जना कोरोना भाइरस (कोभिड–१९) जितेर घर फर्किएका छन् । आज कोरोनालाई जितेर डिस्चार्ज हुनेकाहरुमध्ये ६ जना महिला र ५५ जना पुरुष गरी ६१ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT


मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नारायणी अस्पताल वीरगञ्जबाट ३ महिला र ९ जना पुरुष गरी १२ जना, पाटन अस्पताल ललितपुरबाट १ पुरुष, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १ महिला र २ पुरुष गरी ३ जना कोरोना निको भएर डिस्चार्ज भएका छन् ।


ADVERTISEMENT

# # #


यस्तै रौतहटको नर्सिङ इन्स्टिच्यूट गौरबाट ९ जना पुरुष, डडेल्धुरा अस्पतालबाट ५ जना पुरुष, जिल्ला अस्पताल दार्चुलाबाट १ जना पुरुष, डोटी अस्पतालबाट १ जना पुरुष, सेती प्रादेशिक अस्पताल कैलालीबाट ६ जना पुरुष, बाँकेको सुहपूर्वा आइशोलेसन सेन्टरबाट ८ जना पुरुष डिस्चार्ज भएका छन् । यस्तै खजुरा क्यान्सर अस्पताल बाँकेबाट ८ जना पुरुष डिस्चार्ज भएका छन् । यस्तै कोरोना विशेष अस्पताल दाङबाट १ महिला र ५ पुरुष गरी ६ जना घर फर्किएका छन् ।

यससँगै कोरोना निको हुनेको संख्या ९७४ पुगेको छ । जसमध्ये ८७७ जना पुरुष र ९७ जना महिला रहेको मन्त्रालयका प्रवक्ता डा. गौतमले जनाएका छन् ।

नेपालमा आजसम्म कोरोना संक्रमितको संख्या ५७६०  पुगेको छ । आजै थप ४२५ जना नयाँ संक्रमित फेला परेका छन् ।