काठमाडौँ – नेपालमा थप जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित भेटिएका छन् । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा आज ३७५ जना पुरुष र ५० जना महिला गरी थप ४२५ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT


मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौँस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ६१ जनाको पोजेटिभ आएको छ । जसमध्ये रौतहटका २ महिला ४९ जना पुरुष, रुपन्देहीका ६ जना पुरुष र सर्लाहीका ५ जना पुरुष रहेका छन् ।


ADVERTISEMENT

# # #


यस्तै कर्णालीमा ५२ जनामा पोजेटिभ देखिएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा मोरङका २५ जना पुरुष, सुनसरीका १ जना पुरुष र झापाका १ पुरुष गरी २७ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

यस्तै कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा सप्तरीका १ महिला र ९ पुरुष गरी १० जना, पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा पर्साका ३ जना महिला र १४ जना पुरुष, बाराका ९ जना पुरुष सर्लाहीका १ जना पुरुष र रौतहटका ७ जना पुरुष गरी ३४ जनामा कोरोना पाइएको छ ।

यस्तै सेती प्रादेशिक अस्पताल कैलालीमा बझाङका २ महिला र ३ पुरुष, डडेल्धुराका २ महिला र २२ जना पुरुष, डोटीका १ महिला र २ पुरुष, कैलालीका १ महिला र ११ जना पुरुष, कञ्चनपुरका ३ जना महिला र १७ जना पुरुष गरी ६४ जनामा पोजेटिभ देखिएको छ ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा नवलपरासी पूर्वका २ जना पुरुषमा कोरोना पाइएको छ । यस्तै बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा गरिएको परीक्षणमा बर्दियाको १ महिला र २ पुरुष, बाँकेका ३ पुरुष, रुकुम पश्चिमको १ पुरुष गरी ७ जना रहेका छन् । यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा दाङमा दाङका १३ महिला र ४१ जना पुरुष, प्युठानका २ पुरुष गरी ५६ जना रहेका छन् ।

यस्तै प्रादेशिक प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा रौतहटका १ महिला र १६ जना पुरुष र धनुषाका १ जना पुरुष गरी १८ जनामा कोरोना पाइएको हो । यस्तै काभ्रेको धुलिखेल अस्पतालमा रामेछापका २ पुरुषमा संक्रमण पाइएको छ भने प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा गुल्मीका १ महिला र ७ जना पुरुष, नवलपरासी पश्चिमका २ पुरुष, रुपन्देहीका २ महिला र १८ पुरुष र पाल्पाका १ महिला र १६ पुरुष गरी ४७ जनामा कोरोना पाइएको छ ।

यस्तै कीटजन्य अनुसन्धातन तथा तालीम केन्द्र हेटौँडा मकवानपुरमा रौतहट र सिन्धुलीका १–१ जना पुरुषमा पोजेटिभ देखिएको छ । यस्तै काठमाडौँको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा धादिङका ६ महिला र १९ पुरुष गरी २५ जनामा पनि कोरोना पाइएको छ ।

यससंगै नेपालमा कोरोना संक्रमितको संख्या ५७६० पुगेको छ । जसमध्ये १९ जनाको मृत्यु भएको छ भने ९७४ जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।