काठमाडौँ – कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड–१९)लाई जितेर थप ५७ जना डिस्चार्ज भएका छन् ।


ADVERTISEMENT


डिस्चार्ज हुनेमा कालीकोट अस्पतालबाट २५ जना र प्रदेश अस्पताल सुर्खेतबाट २३ जना रहेको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालले जनाएको छ । यस्तै यस्तै सुर्खेतको लेकवेशी आइशोलेसन सेन्टरबाट ९ जनाले पनि कोरोना जितेर डिस्चार्ज भएका छन् ।


ADVERTISEMENT

# # #


यससँगै कर्णालीमा कोरोना निको भएर डिस्चार्ज हुनेको संख्या १५१ पुगेको छ । कर्णालीमा हालसम्म कोरोना संक्रमितको संख्या १०७७ रहेका छन् । जसमध्ये ३ जनाको मृत्यु भएको छ । आज मात्रै ११० जना नयाँ संक्रमित फेला परेका थिए ।