काठमाडौँ – कर्णाली प्रदेशका थप ११० जनामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र सुर्खेतस्थित प्रादेशिक अस्पताल र पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा ५ जना महिला र १०५ जना पुरुषमा कोरोना पुष्टि भएको हो ।


ADVERTISEMENT


मन्त्रालयका अनुसार सुर्खेतस्थित प्रादेशिक अस्पताल र पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा १०७ जनाको पोजेटिभ आएको छ । जसमध्ये दैलेखको नौमुले गाउँपालिकाका ८७ जनामा कोरोना पुष्टि भएको छ । उनीहरु २० देखि २२ वर्षसम्मका ३ जना महिला र २ वर्षीय बालकसहित १४ देखि ५४ वर्षसम्मका ८४ जना पुरुष रहेका छन् । यस्तै दैलेखकै दुल्लु नगरपालिकाका २३ वर्षीय एक जना पुरुषमा पनि कोरोना पाइएको छ ।


ADVERTISEMENT

# # #


सुर्खेतमै गरिएको परीक्षणमा सुर्खेतका १९ जनमा पोजेटिभ देखिएको छ । उनीहरु बराहताल गाउँपालिकाका २४ देखि ३१ वर्षसम्मका ३ जना पुरुष, चौकुने गाउँपालिकाका १८ देखि २६ वर्षसम्मका ३ जना पुरुष, लेकवेशी नगरपालिकाका २३ देखि ४२ वर्षसम्मका ४ जना पुरुष, पञ्चपुरी नगरपालिकाका २३ वर्षीय एक महिला र १८ देखि ४० वर्षसम्मका ७ पुरुष गरी ८ जना र सुम्ता नगरपालिकाका २४ वर्षीय १ जना पुरुष रहेका छन् ।

यस्तै कर्णालीको जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान मा गरिएको परीक्षणमा ३ जनाको पोजेटिभ आएको छ । जसमध्ये नारायण नगरपालिकाका २२ र ३३ वर्षीय २ पुरुष र देवलकाँडाका २२ वर्षीय १ जना पुरुया रहेका छन् ।

यससँगै कर्णालीमा कोरोना संक्रमितको संख्या १०७७ पुगेको छ । जसमध्ये ३ जनाको मृत्यु हुँदा १५१ जना उपचारपछि निको भएका छन् ।