काठमाडौँ – नेपालमा कोरोना भाइरस (कोभिड–१९) निको भएर डिस्चार्ज हुनेको संख्या १०४१ पुगेको छ । जसमध्ये ९३७ जना पुरुष र १०४ जना महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT


मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ६७ जना कोरोना मुक्त भएका छन् । त्यसमध्ये ६० जना पुरुष र ७ जना महिला रहेका छन् । कोभिड–१९ अस्पताल जनकपुरबाट २४ जना पुरुष कोरोनालाई जितेर डिस्चार्ज भएका छन् । यस्तै पाटन अस्पताल ललितपुरबाट ३ महिला र १ पुरुष गरी ४ जना, कोभिड–१९ युनिफाइड अस्पताल बलम्बुबाट २ महिला, त्रिवि शिक्षण अस्पतालबाट १ महिला र १ पुरुष समेत डिस्चार्ज भएका छन् ।


ADVERTISEMENT

# # #


यस्तै बाराको कलैया अस्पतालबाट ६ जना पुरुष, साई कृष्ण आइशोलेसन सप्तरीबाट १७ जना पुरुष, कोरोना विशेष अस्पताल बेलझुण्डी दाङबाट १ महिला र ११ पुरुष पनि कोरोना निको भएर घर फर्किएको प्रवक्ता डा. गौतमले जानकारी दिए ।

यसरी हालसम्म कोरोना निको भएर डिस्चार्ज हुनेको संख्या १०४१ पुगेको हो । नेपालमा कोरोना संक्रमितको संख्या ६२११ रहेको छ । जसमध्ये १९ जनाको मृत्यु भएको छ । नेपालमा आज मात्रै ४५१ जना कोरोना संक्रमित थपिएका छन् ।