काठमाडौँ – नेपालमा थप ४५१ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित भेटिएका छन् । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा आज ४१६ जना पुरुष र ३५ जना महिला गरी थप ४५१ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT


मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौँस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा १३९ जनाको पोजेटिभ आएको छ । जसमध्ये बाराका १ जना पुरुष, गुल्मीका ७ जना पुरुष, कपिलवस्तुका १ जना पुरुष, महोत्तरीका १० जना पुरुष, पाल्पाका १० जना पुरुष रहेका छन् । यस्तै रौतहटका २ महिला र ७४ जना पुरुष, रुपन्देहीका २ महिला र ५ जना पुरुष, सर्लाहीका २३ जना पुरुष र सिरहाका ४ जना पुरुषमा पनि कोरोना पाइएको छ ।


ADVERTISEMENT

# # #


यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा मोरङकी १ जना महिलाको पोजेटिभ आएको छ । यस्तै पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ११ जनाको पोजेटिभ आएको छ । जसमध्ये पर्साको पर्साका १ महिला र ९ जना पुरुष र रौतहटका १ जना पुरुष रहेका छन् ।

आजमात्रै कर्णालीमा ११० जनामा कोरोना पुष्टि भएको छ। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा तनहुँका ५ जना पुरुषमा कोरोना पाइएको छ । यस्तै यस्तै कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा अछामका ३ जना पुरुष, कैलालीका १ जना महिला र १ जना पुरुष, डोटीका १ जना महिला र ३ जना पुरुष गरी जम्मा ९ जनामा कोरोना पाइएको छ ।

यस्तै बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा गरिएको परीक्षणमा २४ जनामा पोजेटिभ देखिएको छ । जसमध्ये बाँकेका ५ जना पुरुष, बर्दियाका २ महिला र १४ जना पुरुष र प्यूठानका २ महिला र १ पुरुष रहेका छन् । यस्तै चितवनको भरतपुर अस्पतालको प्रयोगशालामा नुवाकोटका २ जना महिला र १ जना पुरुष, अर्घाखाँचीका ३ जना पुरुष, र चितवनकी १ जना महिला गरी ७ जनामा कोरोना पोजेटिभ पाइएको छ । यस्तै प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा गुल्मीका २ जना पुरुष र रुपन्देहीका ५ जना पुरुष रहेका छन् ।

यस्तै विराटनगरस्थित कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा सुनसरीका १ महिला र २ पुरुष, मोरङका २ महिला १९ पुरुष र झापाका १ पुरुष गरी जम्मा २५ जनामा कोरोना पाइएको छ ।

काभ्रेको धुलिखेल अस्पतालमा रोल्पाका ४ जना पुरुष र काठमाडौँका १ जना पुरुष गरी ५ जनामा कोरोना पाइएको छ भने राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ७ जना महिला र ३६ जना पुरुष गरी ४३ जना, त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा कैलालीका १ जना पुरुषमा कोरोना पाइएको छ ।

यस्तै कीटजन्य रोग अनुसन्धान तथा तालीम केन्द्र हेटौँडा मकवानपुरमा गरिएको परीक्षणमा रौतहटका २ जना महिला र २३ जना पुरुष गरी २५ जनामा पनि पोजेटिभ देखिएको छ । यस्तै टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल प्रयोगशालामा धादिङका जना र काठमाडौँका १ जना गरी १० जना पुरुष र ललितपुरको पाटन अस्पतालमा गरिएको परीक्षणमा ललितपुरका १ जना महिला र काठमाडौँका २ जना महिलामा कोरोना पाइएको छ ।

यससंगै नेपालमा कोरोना संक्रमितको संख्या  ६२११ पुगेको छ । संक्रमितमध्ये ५७४० जना पुरुष र ४७१ जना महिला रहेका छन् ।
जसमध्ये १९ जनाको मृत्यु भएको छ भने १०४१ जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । निको भएकामध्ये ९३७ जना पुरुष र १०४ जना महिला रहेका छन् ।