काठमाडौँ – डिजिटल भुक्तानी सेवा प्रदायक ‘खल्ती’ मोबाइल एपमा १० लाख जना एन्ड्रोइड मोबाइल प्रयोगकर्ता जोडिएका छन् । एन्डोइड प्लेटफर्मका नेपाली एपमध्ये ‘मिलियन क्लब’मा प्रवेश गर्ने सीमित एपमा ‘खल्ती’ एक बनेको छ । ‘खल्ती’ले यो उचाइ तीन वर्षमै हासिल गरेको हो ।


ADVERTISEMENT


प्ले स्टोरमा उपलब्ध एपमध्ये छोटो समयमै १० लाख पटक डाउनलोड हुने ‘खल्ती’ पहिलो नेपाली मोवाइल वालेट बनेको छ । आएओएस प्लेटफर्ममा समेत उक्त एप झण्डै एक लाख पटक एप्पल डिभाइसमा डाउनलोड भएको छ । मोबाइल र वेवपेजसमेत गरेर ‘खल्ती’ प्रयोगकर्ताको सङ्ख्या १३ लाख नाघेको छ ।


ADVERTISEMENT

# # #


नेपाली युवा उद्यमीहरुको समूहले सन् २०१७ मा स्थापना गरेको ‘खल्ती’ ले गत वर्ष मात्रै राष्ट्र बैंकबाट डिजिटल भुक्तानी सेवा प्रदायकको अनुमति पाएको हो । विशुद्ध नेपाली नामलाई ब्राण्ड बनाएर डिजिटल भुक्तानी सेवा प्रदान गर्दै आएको ‘खल्ती’ शहरदेखि ग्रामीण भेगसम्म लोकप्रिय बन्न पुगेको छ ।

मोवाइल रिचार्ज कार्ड खरिददेखि बिजुली, खानेपानी, इन्टरनेट, डिटिएचको महसुल भुक्तानी, चलचित्रको टिकेटिङ, प्लेन टिकेटिङ, इभेन्ट्स टिकेटिङ, होटेल रुम बुकिङ गर्ने अनलाइन किनमेलको भुक्तानी दिनसम्म सर्वसाधारणले ‘खल्ती’ को प्रयोग गरिरहेका छन् । खल्तीका निर्देशक अमित अग्रवालले छोटो समयमै ‘खल्ती’ले यत्रो लोकप्रियता हासिल गरेकामा उत्साहित भएको बताए ।

‘खल्ती’ले बैंकिङ पहुँचमा नरहेको जनसङ्ख्यालाई डिजिटल प्लाटफर्ममा ल्याएर वित्तीय सेवा प्रदान गर्न अझै भूमिका खैल्ने कम्पनीले जनाएको छ ।