काठमाडौँ – कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) लाई जितेर एकैदिन १९१ जना डिस्चार्ज भएका छन् ।


ADVERTISEMENT


कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार डिस्चार्ज हुनेमा दैलेख अस्पतालबा १२० जना, दैलेखकै दुल्लुअस्पतालबाट २७ जना डिस्चार्ज भएका छन् । यस्तै प्रदेश अस्पताल सुर्खेतबाट ३ जना र सल्यान अस्पतालबाट ४१ जना कोरोनालाई जितेर घर फर्किएका छन् ।


ADVERTISEMENT

# # #


यससँगै कर्णालीमा कोरोना निको भएर डिस्चार्ज हुनेको संख्या ३४२ पुगेको छ । कर्णालीमा हालसम्म कोरोना संक्रमितको संख्या १०८६ रहेका छन् । जसमध्ये ३ जनाको मृत्यु भएको छ । आज मात्रै ९ जना नयाँ संक्रमित फेला परेका छन्।