काठमाडौँ – कर्णाली प्रदेशका थप ९ जनामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ । सुर्खेतस्थित प्रादेशिक अस्पताल र पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा १ जना महिला र ८ जना पुरुषमा कोरोना पुष्टि भएको हो ।


ADVERTISEMENT


मन्त्रालयका अनुसार उनीहरु सबैको सुर्खेतस्थित प्रादेशिक अस्पताल र पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा पोजेटिभ आएको छ । जसमध्ये दैलेखको दुल्लु नगरपालिकाका ३ वर्षीय बालकसहित २१ देखि ४१ वर्षसम्मका ५ जना पुरुष रहेका छन् ।


ADVERTISEMENT

# # #


यस्तै सुर्खेतको भेरिगंगा नगरपालिकाका २१ वर्षीय पुरुष र ६७ वर्षीय महिला रहेका छन् । यस्तै सुर्खेतकै गुर्भाकोट नगरपालिकाका १८ र २१ वर्षीय पुरुष रहेका छन् ।

यससँगै कर्णालीमा कोरोना संक्रमितको संख्या १०८६ पुगेको छ । जसमध्ये ३ जनाको मृत्यु हुँदा ३४२ जना उपचारपछि निको भएका छन् ।