एजेन्सी- क्यानडाले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको सदस्यता आगामी दुइ वर्षका लागी गुमाएको छ । पश्चिमा मुलुकका स्थानमा आयरल्याण्ड र नर्वे विजयी भएका छन् । क्यानडाका प्रधानमन्त्री जष्टिन ट्रुडोले १३ कर्मचारी सहितको बृहत अभियान चलाएपनि सुरक्षा परिषदमा टिकिरहने रणनीति असफल भएको हो ।


ADVERTISEMENT


क्यानडाले कुटनीतिज्ञहरुलाई प्रभावमा मात्रै थुप्रै नीति अपनाएपनि आयरल्याड र नर्वे दुई वर्षे कार्यकालका लागी सुरक्षा परिषदको अस्थायी सदस्य भएका हुन् । क्यानडाले सुरक्षा परिषदको निर्वाचनका लागी १७ लाख ४० हजार डलर खर्च गरेको थियो । भने आयरल्यण्डले ८ लाख डलर र नर्वेले २८ लाख डलर खर्च गरेको बीबीसीले उल्लेख गरेको छ । सुरक्षा परिषदमा बेलायत, फ्रान्स, चीन, रुस र अमेरिका बाहेक १० अस्थायी सदस्य छन् ।


ADVERTISEMENT

# # #