सिन्धुली । बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौलीमा कार्यरत प्रा.प्र.नि. डा.रमा बिष्ट आफ्नो कार्यकाल पुरा गरी बिदाई भएकी छिन् ।


ADVERTISEMENT


बिदाई कार्यक्ममा बोल्दै केन्द्रका प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) सन्दिप भण्डारी भने बिदा भई जान लाग्नु भएका प्रा.प्र.नि.डा. बिष्टले पदीय दायित्व तथा कर्तब्यप्रति सिर्जनसिल एवं ईमान्दार रही प्रतिकूल परिस्थितिमा समेत अबिचलित एवं संयमित भई उत्साहपुर्वक यस केन्द्रमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारी तथा प्रशिक्षार्थीहरुलाई उत्कृष्ट रुपले स्वास्थ्य सेवा प्रदान गर्नुका साथै निष्पक्ष, पारदर्शी भर्ना छनौट, दक्ष जनशक्ति उत्पादन, हाल विश्वभर फैलिएको कोरोना भाईरस कोभिड-१९


ADVERTISEMENT

# # #



को संक्रमणबाट बच्न तथा बचाउन अपनाउनु पर्ने उपायहरु सम्बन्धी र सर्प दंश तथा अन्य विषालु जीवहरुको टोकाइबाट हुन सक्ने खतरा र बच्ने उपायहरुको बारेमा बिभिन्न किसिमका सचेतनामूलक कार्यक्रम संचालन गर्न सहयोग गरी महत्वपूर्ण योगदान पुर्याउउनु भएकोमा प्रंशसा-पत्र समेत प्रदान गरेका थिए । उनले भने हामी प्रहरी जहा गएपनि जनताको सेवामा जुटौं, राम्रो कामको सम्मान हुन्छ ।

साथै प्रा.प्र.नि. डा. बिष्टबाट सम्पादित कार्यको उच्च मूल्याङ्कन गर्दै जेष्ठ महिनाको सर्वोत्कृष्ट प्रहरी कर्मचारी घोषणा गरी पुरस्कृत समेत गरिएको थियो ।


प्रमुख (एसएसपी) भण्डारीले विदा भई जान लाग्नु भएका प्रा.प्र.नि. डा. बिष्टलाई आगामी दिनहरुमा समेत सफल कार्य कालको शुभकामना व्यक्त गर्नुका साथै योग्य, इमान्दार, व्यवसायिक र असल ब्यक्तीको सँधै कदर हुने कुरा उल्लेख गर्दै हाजिर हुन आउनु भएका प्रा.प्र.नि.डा. कैलाश कुमार बलबाट समेत उत्साहपूर्वक लगनशिलताका साथ कार्य सम्पादन हुने कुरामा विश्वास गर्दै शुभकामना दिएका थिए ।डा. बिष्ट आफ्नो ब्याजको पहिलो नम्बरकी इन्सपेक्टर हुन् उनि काजमा खटिएकी  थिईन् ।

  (एसएसपी)  भण्डारी पनि आफ्नो ब्याजको पहिलो नम्बरका (एसएसपी) हुन् । उनले आफु मातहत रहेको तालिम केन्द्र दुर्गममा भएपनि कुनै सा्रेत साधनको अभाब हुन दिएका छैन् र त्यहाका जनतालाई पुर्ण रुपमा शान्ती,सुरक्षाको प्रत्याभुती दिएको त्यहाका बासिन्दाहरु बताउछन् ।