– विश्व स्वास्थ्य संगठन डब्लुएचओले कोरोना संक्रमणको दर तीब्र बनेको दाबी गरेको छ । हिजो एकै दिन विश्वमा अहिलेसम्मकै बढी संक्रमित देखिएको भन्दै डब्लुएचओले अधिकांश मूलुकले लकडाउन खुकुलो बनाएसंगै यसको संक्रमण दर तीब्र बनेको जनाएको छ । संगठनका महानिर्देशक टेड्रोस अदानम ग्रबेयससले विश्व एक नयाँ र खतरनाक चरणमा प्रवेश गरेको बताउनु भएको अल जजीराले उल्लेख गरेको छ । विश्वमा हिजो एकै दिन एक लाख ५० हजारमा संक्रमण पुष्टि भएको उहाँको भनाई छ ।


ADVERTISEMENT


बेलायतका प्रमुख चिकित्सा अधिकारीले कोरोना भाइरसको संक्रमण चार जनामा सीमित राख्ने प्रतिबद्धता जनाउनु भएको छ । पछिल्लो पटक बेइजिङमा देखिएको संक्रमणको स्थिति नियन्त्रणमा रहेको अधिकारीहरुले बताएका छन् । जर्मन बायोफर्मास्युटिकल कम्पनी क्युरेभ्याकले कोरोना भाइरस विरुद्धको खोपको क्लिनिकल परीक्षण शूरु गरेको जनाएको छ । होन्डुरसका राष्ट्रपति जुवान ओर्लान्डो हर्नान्डेजमा कोरोना पोजेटिभ देखिएपछि अस्पताल भर्ना हुनु भएको छ । जोन्स् हप्किन्स् विश्वविद्यालयका अनुसार ४ लाख ५९ हजार बढीको कोरोना संक्रमणकै कारण मृत्यु भइसकेको छ । यस्तै संक्रमितको संख्या ८६ लाख नाघेको छ ।


ADVERTISEMENT

# # #