काठमाडौं । प्रहरीले बोधि मार्ग दर्शन मैत्री धर्मका प्रवर्दक महा सम्बोधि धर्म संघ गुरुको आश्रममा गरेको हस्तक्षेप न्युनतम मानवीय मुल्य मान्यताको विपरित रहेको भन्दै बोधि श्रबण धर्म संघले भर्त्सना गरेको छ ।


ADVERTISEMENT


यही असार ४ गते बिहिबार सिन्धुलीको कमलामाइ नगरपालिका वडा नं ८ पैरेस्थित गुरुको आश्रममा प्रहरीले छापा मारी गुरुहरु र अनुयायीहरुलाई नियन्त्रणमा लिएको घटनालाई संघले अभद्रताको संज्ञा दिएको छ । पटक पटक अनावश्यक दुख दिने र कुनैपनि धार्मिक मार्गमा लाग्न पाउने हकमाथि हस्तक्षेप गर्नु नेपालको संविधान विरोधी कार्य भएको संघको ठम्याइ छ ।


ADVERTISEMENT

# # #


मानवजाति र सम्पूर्ण जगतको सहवास, सहजीवन, सहअस्तित्व र पर्यावरणीय सन्तुलनको महाअभियानमा लाग्नु भएका मैत्री धर्मका प्रवर्दक महा सम्बोधि धर्म संघ गुरुको सुरक्षा र नागरिकको हैसियत एवं मानवअधिकारको व्ववहारिक अनुभूति हुने काम गर्न सरकारसँग संघले माग गरेको छ । साथै संघले हिरासतमा लिइएका गुरुहरु र अनुयायीहरुको सुरक्षा एवं रिहाइको माग गर्दै हिरासतमा रहुन्जेल कुनै भौतिक यातना नदिन समेत सरकार र प्रहरी प्रशासनको गम्भीर ध्यानाकर्षण गराएको छ ।

कोभिड-१९ को महामारीले मानव समुदायमा पुर्यारएको दखललाई समेत ध्यानमा राखेर विपदमा प्रकृतिका अंगहरुलाई खलल पुर्या उँदा हुने परिदृष्यलाई समेत मनन गर्दै व्यवहार गर्न संघले सबैलाई आग्रह गरेको छ । संघले राजधानीमा पत्रकार सम्मेलनमार्फत जारी गरेको प्रेस बक्तव्यमा राज्यले हस्तक्षेपकारी र अमानवीय व्यवहार गरेको यस्तो अवस्थामा गुरुको विशिष्ट ज्ञानको अनुशरणमा लामबद्द रहेका सबै संघ, भक्त, अनुयायी, शुभचिन्तक र धर्म प्रेमीहरुलाई सम्यमित र अनुशासित भएर बोधि मार्ग दर्शन मैत्री धर्मको गन्तव्यको बाधाहरु विरुद्द आवाज बुलन्द गर्न अपिल समेत गरेको छ ।

यसैगरि संघले देशका ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापन पत्र बुझाउँदै सरकारको ध्यानाकर्षण समेत गराएको छ ।