काठमाडौं- नेपाल एयरलाइन्सको जहाजले आज कतारको दोहा र साउदी अरबको रियादबाट नेपाली नागरिकलाई स्वदेश फर्काएको छ । दोहा र रियादबाट करिब ४ सय जना जना नेपाली काठमाडौं आएका हुन् ।  जहाजको उडान खर्च बापतको भाडा लिएर ती नागरिकलाई काठमाडौं ल्याइएको नेपाल एयरलाइन्सले जनाएको छ । विदेशबाट आएका नेपालीलाई काठमाडौं उत्रीएपछि स्वास्थ्य परिक्षण लगायतका प्रक्रिया पछि क्वारेन्टिनमा राखिनेछ ।


ADVERTISEMENT


आज दोहा र रियाद सहित नेपाल एयरलाइन्सको जहाजले बंगलादेशको ढाका र संयुक्त अरब इमिरेट्सको दुबइबाट उद्धार उडान गर्नेछ । ढाकाबाट नेपाली विद्यार्थी काठमाडौं फर्किनेछन् ।  आजै हिमालयन एयरलाइन्सले पनि मलेसियाबाट १ सय ५० जना सवार रहने उद्धार उडान गर्ने तालिका छ ।


ADVERTISEMENT

# # #