एजेन्सी– दक्षिण अमेरिकी मुलुक ब्राजिलमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ५० हजार नाघेको छ । ब्राजिल अमेरिकापछि सबैभन्दा बढी संक्रमित र मृत्यु हुने मुलुक हो । कोरोना भाइरसको महामारीबाट ब्राजिलमा साढे ५० हजार मानिसको मृत्यु हुँदा संक्रमित भने १० लाख ८७ हजार पुगेको छ ।


ADVERTISEMENT


पछिल्लो २४ घण्टामा मात्र विश्वभर १ लाख ८३ हजार २० जनामा संक्रमण पुष्टी भएसँगै संक्रमणदर बढ्दै गएको डब्लुएचओले जनाएको हो । जसमध्ये अमरिका र ब्रजिलमामात्रै १ लाख १६ जनामा संक्रमण देखिएको रोयटर्सले जनाएको छ । यो संगै विश्वमा संक्रमितको संख्या ९० लाख ४६ हजार ६२ पुगेको छ । ४ लाख ७० हजार ७ सय ३ जनाले संक्रमणकै कारण ज्यान गुमाएका छन् । अमेरिकामा २३ लाख ५६ हजार ६ सय ५७ जना संक्रमति पुष्टी भएका छन् ।


ADVERTISEMENT

# # #


त्यहाँ १ लाख २२ हजार २ सय ४७ जनाले ज्यान गुमाएका छन् । अमेरिका पछि सबैभन्दा धेरै संक्रमित पुष्टी भएको ब्रजिलमा १० लाख ८६ हजार ९ सय ९० जना संक्रमति छन् । त्यहाँ ५० हजार ६ सय ५९ जनाले ज्यान गुमाएका छन् । रुसमा ५ लाख ८४ हजार ६ सय ८० जना संक्रमित पुग्दा ८ हजार १ सय ११ जनाले ज्यान गुमाएका छन् । भारतमा ४ लाख २६ हजार ९ सय १० जना संक्रमित पुष्टी भएका छन् । ज्यान गुमाउनेको संख्या १३ हजार ७ सय ३ छ ।