काठमाडौँ – एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले ऋणीहरूलाई असार महिनाका लागि समेत कर्जाको ब्याजमा छुट हुने आकर्षक योजना ल्याएको छ ।


ADVERTISEMENT


कोरोना भाइरस (कोभिड–१९) ले ऋणीहरुलाई परेको प्रभावको मूल्यांकन गर्दै उत्तरदायी बैंकिङ्ग अभ्यासलाई थप मजबुद पार्दै बाचौं र बचाऔं भन्ने अभियानमा केन्द्रीत हुँदै यस वित्तीय संस्थाले आफ्नै प्रयासबाट यस्तो योजना ल्याइएको वित्तीय संस्थाले जनाएको छ ।


ADVERTISEMENT

# # #


यस योजना अनुसार नेपाल राष्ट्र बैंकले निर्दिष्ट गरेको ३ प्रतिशत ब्याज छुटको सात्रै यस बैंकबाट कर्जा सुविधा लिएका सम्पूर्ण ऋणीहरुले २०७७ आषाढ मसान्तसम्मको सम्पूर्ण साँवा तथा ब्याजको बक्यौता रकम मसान्तसम्ममा चुक्ता भुक्तान गरेका त्यसको विद्यमान ब्याजदरलाई कम गरी न्यून १ प्रतिशत र अधिक ६ प्रतिसत छुट गरिने सुविधा प्रदान गरिने छ ।

यस सुविधा पश्चात अधिक व्याजदरको छुट प्राप्त गर्ने ऋणीको व्याजदर १२ प्रतिसत कायम हुनेछ । साथै साँवा तथा ब्याज चुक्ता भुक्तान गर्न ढिलाई गर्दा लाग्ने पेनाल चार्ज-ब्याज र जरिवाना रकममा समेत शतप्रतिशत मिनाहाको व्यवस्था वित्तीय संस्थाले गरेको छ । यो सुविधा मासिक तथा त्रैमासिक किस्ताबन्दी कर्जाहरूका साथै वित्तीय संस्थाबाट प्रवाह भएका सम्पूर्ण क्षेत्रका कर्जाहरूमा लागू हुने वित्तीय संस्थाले जनाएको छ । नेपालको बैंकिङ्ग क्षेत्रमा अत्यन्तै दुर्लभ यस प्रकारको योजनाबाट सम्पूर्ण ऋणीहरूलाई लाभ लिन समेत वित्तीय संस्थाले अनुरोध गरेको छ ।

यसअघि वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकद्वारा ऋणीहरूमा परेको असर न्यूनीकरण गर्न २०७६ चैत्रसम्म कायम ब्याज दर ३ प्रतिशतले घटाई चालु आर्थिक वर्षको चौथो त्रयमासको ब्याज गणना गर्न जारी गरिएको निर्देशन समेत कार्यान्वयन गरेको थियो । यसका साथै कम्पनीले ऋणीहरूले जेष्ठ महिनासम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूर्ण किस्ता-ब्याज रकम जेष्ठ मसान्तभित्र पूर्ण रुपमा चुक्ता गरेमा सम्पूर्ण ब्याज रकममा थप १० प्रतिशत छुट तथा जरिवाना ब्याजको शतप्रतिशत रकम छुटको सुविधा समेत प्रदान गरेको थियो ।