सोल — रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत दक्षिण कोरिया आएका बंगलादेश र पाकिस्तानका अधिकांश नागरिकमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भेटिएपछि प्रतिबन्ध लगाइएको छ ।


ADVERTISEMENT


शनिबार र आइतबार दुवै देशबाट आएको ३१ जनालाई भाइरसको संक्रमण पुष्टि भएको थियो । दक्षिण कोरिया सरकारका अनुसार दुवै देशका नागरिकलाई मंगलबारदेखि दक्षिण कोरिया आउन प्रतिबन्ध लगाइएको हो ।


ADVERTISEMENT

# # #


कोभिड–१९ संक्रमणको उच्च जोखिमलाई मध्यनजर गर्दै ती देशहरुबाट कोरिया आउने तयारीमा रहेकाहरुको पनि भिसा रद्द गरिएको छ । त्यसैगरी, भिसा लिने क्रममा रहेकाहरुको पनि प्रक्रिया रद्द गरिएको छ । कूटनैतिक तथा अति आवश्यकीय व्यावसायिक चार्टर्ड उडानबाहेक दुवै मुलुकबाट हुने उडानलाई अनुमति नदिइने न्याय मन्त्रालयले जनाएको छ ।