विश्व स्वास्थ्य सङ्गठनले डेक्जामिथेसोनको उत्पादन तीव्र बनाउन आग्रह गरेको छ । बेलायतस्थित अक्सफोर्ड विश्वविद्यालयको अध्ययन र परीक्षणले डेक्जामिथेसोनको प्रयोगले कोरोना भाइरसका जटिल बिरामी बाँच्न सक्ने पर्याप्त सम्भावना देखाएपछि विश्व स्वास्थ्य सङ्गठनको यस्तो आग्रह आएको हो ।


ADVERTISEMENT


शोध र परीक्षणबाट आएको तथ्याङ्कले कोरोना सङ्क्रमित बिरामीका लागि अत्यन्त आवश्यक भइसकेको उत्सवझैँ हुने जेनेभामा आयोजित भर्चुअल पत्रकार सम्मेलनको क्रममा विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रस अदनोम गेब्रेससले बताउनुभयो । विश्व स्वास्थ्य सङ्गठनका प्रमुख गेब्रेससले भन्नुभयो, “डेक्जामिथेसोनको उत्पादन वृद्धि गर्नु अर्को चुनौती हो, सबैभन्दा बढी आवश्यक रहेको स्थानमा आपूर्तिसँगै समान रुपले वितरण हुनु अझै महत्वपूर्ण हुनेछ ।”


ADVERTISEMENT

# # #


बेलायतमा परीक्षणपछि देखिएको नतिजाले डेक्जामिथेसोनको माग अचानक बढेको छ । गेब्रेससले भन्नुभयो, “भाग्यवश डेक्जामिथेसोन महँगो छैन र विश्वका थुप्रै राष्ट्रमा यसका उत्पादक छन् जसले उत्पादनलाई प्रवेग दिनेछ ।”
श्वास लिन कठिन हुने बिरामीलाई मात्रै डेक्जामिथेसोन चिकित्सकको निगरानीमा प्रयोग गरिनुपर्ने परीक्षणपछि बेलायती विज्ञहरूले सुझाव दिएका छन् । यद्यपि डेक्जामिथेसोनको प्रयोग हल्का लक्षण भएका र बिरामी भएकामा भाइरस निर्मलीकरणमा सघाउने पुष्टि भइसकेको छैन ।