काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमका सांसद भिमसेन दास प्रधानले शनिबार र आइतबार सार्वजनिक विदा दिनुपर्ने बताएका छन् ।


ADVERTISEMENT


मंगलबार प्रतिनिधिसभा बैकको शून्य समयमा बोल्दै सांसद प्रधानले सरकारले लकडाउन खुकुलो पारेर सवारी साधानमा जोडविजोड प्रणाली लागू गरे पनि कोरोना भाइरस दिनप्रतिदिन बढ्दै गएकाले भीड कम गर्न शनिबार र आइतबार सार्वजनिक विदा दिन माग गरेका हुन् ।


ADVERTISEMENT

# # #


सवारी साधनमा पनि सामाजिक दूरी कायम गरिनुपर्ने भन्दै उनले भने, ‘अहिले काठमाडौँ उपत्यकामा मात्रै झण्डै १५ लाख सवारी साधन रहेका छन् । त्यसैले मेरो नेपाल सरकारसँग आग्रह छ, कोरोनाको प्रभाव रहेसम्म शनिबार र आइतबार सार्वजनिक विदा दिने व्यवस्था गरौँ ।’

लकडाउनले प्रदुषण ह्वात्तै घटेको भन्दै सांसद प्रधानले कोरोनाको प्रभाव रहेसम्म शनिबार र आइतबार सार्वजनिक विदा दिँदा सडकमा सवारीको चाप कम हुने र त्यसले वातावरणलाई सफा राख्न सहयोग पुग्ने बताए । प्रदुषण र सडक जामकै कारण कोरोना महामारी बढ्न सक्ने भन्दै उनलेआइतबार पनि विदा दिने निर्णय गर्न सुझाए ।

उनले विद्युतीय गाडीलाई चलाउने व्यवस्था गर्न पनि सरकारसँग मात्र गरे ।