नयाँदिल्ली — भारतीय आयुर्वेद कम्पनी पतञ्जलिले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसविरुद्धको औषधि सार्वजनिक गरेको केही घण्टा नबित्दै भारत सरकारले त्यसको प्रचारप्रसारमा रोक लगाएको छ ।


ADVERTISEMENT


भारतको आयुष मन्त्रालयले पतञ्जलिले तयार पारेको औषधि वैज्ञानिक रूपमा प्रमाणित नभएको हुँदा यसले सर्वसाधारणमा भ्रम र जोखिम दुवै निम्तिन सक्ने भएकाले त्यसको प्रचारप्रसारमा रोक लगाउने निर्णय गरेको हो ।


ADVERTISEMENT

# # #


भारतीय कम्पनी पतञ्जलिले मंगलबार कोरोना भाइरस बिरामीको उपचारका लागि ‘दिव्य कोरोनिल किट’ नामक औषधि सार्वजनिक गरेको थियो । योगगुरु रामदेव र कम्पनीका अध्यक्ष आचार्य बालकृष्णले हरिद्वारस्थित पतञ्जलि योगपीठमा मंगलबार पत्रकार सम्मेलन गर्दै कोरोना भाइरसविरुद्धको औषधि ‘कोरोनिल ट्याबलेट’ र ‘स्वासरी वाटी’ र ‘अणु तेल’ सार्वजनिक गरेका थिए । कार्यक्रममा रामदेवले क्लोरिन आयुर्वेदिक उत्पादन भएको र यसले कोरोना भाइरसका बिरामीलाई पूर्ण रूपमा निको पार्ने दाबी गरेका थिए ।