काठमाडौँ – नेपालमा थप ४३४ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित भेटिएका छन् ।


ADVERTISEMENT


देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा आज ४८ जना महिला र ३८६ जना गरी थप ४२४ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


यससंगै नेपालमा कोरोना संक्रमितको संख्या १११६२ पुगेको छ । जसमध्ये महिला १ हजार १४२ जना र पुरुष १० हजार २० जना रहेका छन् । कुलसंक्रलमित मध्ये २६ जनाको मृत्यु भएको छ भने २६५० जना निको भएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टायता ३ सय १२ जना डिस्चार्ज भएका छन् ।

कहाँ कति नयाँ संक्रमित भेटिए र कति निको भए ? हेर्नुहोस् :