काठमाडौँ – राष्ट्रिय बीमा संस्थान र काठमाडौँ महानगरपालिकाबीच सम्झौता भएको छ । काठमाडौँ महानगरपालिकामा कार्यरत कर्मचारीहरुको सामूहिक सावधिक जीवन बीमा गर्ने गरी महानगरपालिका र राष्ट्रिय बीमा संस्थान बीच सम्झौता सम्पन्न भएको हो ।


ADVERTISEMENT


शुक्रबार एक कार्यक्रमकाबीच उक्त सम्झौतामा महानगरपालिकाको तर्फबाट प्रशासन विभागका विभागीय प्रमुख नमराज ढकाल र संस्थानको तर्फबाट नायव महाप्रवन्धक महेश रिमालले हस्ताक्षर गरेका छन् । त्यस अवसरमा महानगरपालिकाका प्रशासन विभागका प्रमुख नमराज ढकालले कर्मचारीहरुको हितमा संस्थानसंग जीवन बीमा जस्तो दुरगामी महत्वको सम्झौता गर्दा खुसी लागेको र संस्थानबाट गुणस्रीय सेवाको अपेक्षा राखेको उल्लेख गरे ।


ADVERTISEMENT

# # #


संस्थानको तर्फबाट नायव महाप्रवन्धक महेश रिमालले संस्थान आफूलाई समयानुकूल परिमार्जन गर्दै वित्तीय रुपले सक्षम, प्रविधिको दृष्टिले आधुनिकता तर्फ उन्मुख रहेको र बिमितहरुलाई आकर्षक बोनस प्रदान गर्न सदा प्रयत्नशील रहेको कुरा उल्लेख गरे ।

समापन मन्तव्यको क्रममा संस्थानका प्रशासक कवि प्रसाद पाठकले संस्थानले सवै दृष्टिबाट सुधार गर्दै जीवन बीमाको क्षेत्रमा प्रतिस्पर्धी संस्थाको रुपमा स्थापित भई गुणस्तरीय सेवा प्रवाह गर्ने प्रतिवद्धता व्यक्त गरे ।