पर्सा – प्रहरीले भन्सार छलेर भारतबाट नेपाल ल्याउँदै गरेका कपडा, खाद्यान्न, हार्डवेयर लगायतका समानहरु बरामद गरेको छ ।


ADVERTISEMENT


प्रहरीले बिहीबार वीरगंज महानगरपालिकाको विभिन्न नाकाहरुमा भन्सार छली ल्याउदै गरेका करिब २ लाख ५८ हजार ६ सय २० रुपैयाँ मूल्य बराबरका सामान बरामद गरेको हो ।


ADVERTISEMENT

# # #


भन्सार छली गैरकानूनी तवरले विभिन्न सामानहरु भारतबाट नेपालतर्फ तथा नेपालबाट भारततर्फ ओसार पसार गर्दै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय पर्सा तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरीले उक्त सामानहरु बरामद गरेको हो ।

बरामद सामान आवश्यक कारवाहीको लागि वीरगंज भन्सार कार्यालय पर्सामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।