काठमाडौँ — नेपालमा सलह किरा प्रवेश गरेको छ । दुई दिनयता दक्षिणबाट उत्तरतिर हावा बहँदा भारतको बिहार हुँदै नेपाल प्रवेश गरेको नेपालका कृषि वैज्ञानिकहरुले बताएका छन् ।


ADVERTISEMENT


बालीनाशक मानिएको सलह बारा र पर्सामा देखिएको कृषि मन्त्रालय अन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी केन्द्रले जनाएको छ । अफ्रिकी देशहरुमा बाली नस्ट गरेर किसानलाई हैरान पारेको सलह खादी मुलुक हुँदै भारत प्रवेश गरेको थियो । तर, विद्वानहरुले नेपालमा मनसुन चिसो भएकाले सलहको जोखिम नहुने बताएका थिए ।


ADVERTISEMENT

# # #


सलह देखिएसँगै कृषि मन्त्रालयको विज्ञ टोलीले यसबारे अनुसन्धान थालेको छ ।