भक्तपुर- अरनिको राजमार्ग सडकखण्ड अन्तर्गत सूर्यविनायक भुलाँचादेखि साँगा सडकको दायाँबायाँको रुख काट्न सुरु गरेको छ । डिभिजन सडक कार्यालय भक्तपुर र डिभिजन वन कार्यालय भक्तपुरको सहकार्यमा सूर्यविनायक भुलाँचादेखि साँगासम्मको करिब ४ किलोमिटर सडकको दायाँबायाँका विभिन्न जातका ३ सय ९१ रुख काट्न सुरु गरेको हो ।


ADVERTISEMENT


ती रुखबाट करिब ११ हजार २ सय क्यूफिट काठ र १५ चट्टा दाउरा निस्किने र डिभिजन वन कार्यालय भक्तपुरले लिलाम गर्ने सहायक वन अधिकृत रामकृष्ण केसीले बताउनुभयो ।


ADVERTISEMENT

# # #