वालिङ – स्याङ्जाको गल्याङ नगरपालिका ९, साङ्लियामा गएराति पहिरोले पुरिएर एकजनाको मृत्यु भएको छ ।


ADVERTISEMENT


गल्याङ ९ का वडाध्यक्ष हरिलाल खनालका अनुसार घरमाथिबाट पहिरो खस्दा कच्ची घरको गारो भत्किएपछि पुरिएर अन्दाजी ५० वर्षीय यमबहादुर विकको मृत्यु भएको हो । सख्त घाइते यमबहादुरलाई उपचारका लागि गल्याङ लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो ।


ADVERTISEMENT

# # #


पत्‍नी र छोरासँगै तीनजना बस्दै आएको उक्त परिवारमा पुरिएर सख्त घाइते यमबहादुरको बाटोमै मृत्यु भएको हो । उनकी पत्‍नीको पाल्पास्थित मिसन अस्पतालमा उपचारका लागि लगिएको वडाध्यक्ष खनालले बताए । छोराको अवस्था सकुशल छ । अविरल वर्षाका कारण ग्रामीण कच्ची सडकमा पहिरो गई रुख ढलेका कारण राति समयमै अस्पताल पुर्‍याउन नसकिएको स्थानीयको भनाइ छ ।

घटनास्थलमा अहिले प्रहरी टोली गएकाले घटनाको पूर्ण विवरण आउन केही समय लाग्ने स्याङ्जाका प्रहरी उपरीक्षक विमलराज कँडेलले जानकारी दिए । (रासस