तेहरान — इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । इरानले अमेरिकी राष्ट्रपति ट्रम्प र दर्जनौँ अमेरिकी अधिकारीविरुद्ध जर्नेल कासिम सुलेमानीको हत्यामा संलग्न भएको भन्दै पक्राउ पुर्जी जारी गरेको हो ।


ADVERTISEMENT


साथै इरानले अमेरिकी राष्ट्रपति ट्रम्पलगायतको पक्राउमा सहयोग गर्न इन्टरपोलसँग आग्रह गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।


ADVERTISEMENT

# # #


तेहरानका अभियोक्ता अली अलाकसिमेरका अनुसार सोमबार अमेरिकी राष्ट्रपति ट्रम्पसहित अन्य ३० जनाविरुद्ध गत जनवरी ३ मा भएको आक्रमणमा जर्नेल कासिम सुलेमानीको हत्याका साथै हत्या र आतंकवादी गतिविधि गरेको अभियोग लगाइएको छ ।

अलीले ट्रम्पबाहेक कस–कसलाई आरोप लगाइएको हो भन्नेबारेमा केही खुलाएका छैनन् । उनले ट्रम्पको राष्ट्रपतीय कार्यकाल सकिएपछि पनि कानुनी कारबाहीका लागि इरान लड्ने बताए ।

इरानका लागि अमेरिकी दूत ब्रायन हूकले भने इरानी कदमलाई ‘प्रचारबाजी फन्डा’ को संज्ञा दिएका छन् । ‘इन्टरपोलले राजनीतिक प्रकृतिका विषयमा हस्तक्षेप गर्दैन र रेड नोटिस जारी गर्दैन भन्ने हाम्रो ठम्याइ छ,’ अमेरिकी दूत हूकले साउदी अरबमा भएको पत्रकार सम्मेलनमा भने । ‘यो विषय राजनीतिक प्रकृतिको रहेको छ ।

राष्ट्रिय सुरक्षा, अन्तर्राष्ट्रिय शान्ति र स्थायित्वको प्रवर्द्धनमा यसको कुनै सम्बन्ध छैन । यो केबल प्रचारबाजी र फन्डा मात्रै हो । यसलाई कसैले पनि गम्भीरताका साथ लिँदैनन्,’ हूकले भने ।