काठमाडौं –  सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या २३ सय ६६ पुगेको छ । सोमबार मात्रै थप ९४ जनामा संक्रमण पुष्टि भएपछि संक्रमितको संख्या २३ सय ६६ पुगेको हो । जसमध्ये ५३४ जना महिला र १८ सय ३२ पुरुष छन् ।


ADVERTISEMENT


प्रदेशमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । हालसम्म ३८८ जना डिस्चार्ज भएका छन् ।


ADVERTISEMENT

# # #


संक्रमितमध्ये कैलालीका ६५५ कञ्चनपुरका ३०७, अछामका १३३, डडेल्धुराका २२७, दार्चुलाका १७ जना छन् । बझाङका ७२, बैतडीका २३४, डोटीका ४०७ र बाजुराका ३१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आरडीटी र पीसीआर विधिबाट हालसम्म १ लाख २९ हजार ३७९ जनाको परीक्षण गरिएको छ भने २२ हजार ६४९ जनाको थ्रोट स्वाबको नमुना संकलन गरिएको छ ।