काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज (मंगलबार) बस्दैछ । पार्टीको १४ औं महाधिबेशनको कार्यतालिका परिमार्जन गर्न बैठक बस्न लागेको हो ।


ADVERTISEMENT


दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकले केन्द्रीय महाधिवेशनको पूर्वनिर्धारित मिति हेरफेर नगरी तल्लो तहको अधिबेशनको मिति परिमार्जन गर्ने कांग्रेसले जनाएको छ ।


ADVERTISEMENT

# # #


गत आइतबार बसेको पदाधिकारी बैठकले पार्टीको केन्द्रीय महाधिवेशनको मिति यथावत राखेर तल्लो तहका अधिबेशनको मिति परिमार्जन गर्ने निर्णय गरेको थियो ।