काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरसको महामारीको सबैभन्दा खराब चरण आउन बाँकी नै रहेको बताएको छ । डब्ल्यूएचओका प्रमुख टेड्रोसले कोरोनाको  महामारीको सबैभन्दा नराम्रो रूप अझै प्रकट भइनसकेको भन्दै विश्वभरिका सरकारहरूले सही नीतिहरु नअपनाए यसले थप मानिसलाई संक्रमण गर्ने बताएका छन् ।


ADVERTISEMENT


सोमबार एक भर्चुअल ब्रिफिङ्गमा टेड्रोसले भने, “हामी सबै चाहन्छौं यो अन्त्य होस् । हामी सबै आफ्नो दैनिक जीवनमा फर्कन चाहन्छौं । तर कटु सत्य यो हो कि हामी यस महामारीको अन्त्यबाट अझै टाढा छौं ।”


ADVERTISEMENT

# # #


केही देशमा संक्रमण कम भए पनि समग्रमा कोरोना संक्रमण नरोकिएको भन्दै संक्रमण अझै द्रुत गतिमा फैलिरहेको डब्ल्यूएचओले जनाएको छ ।