रुपन्देही– सलह किराको व्यवस्थापनको लागि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले र्‍यापिट रेस्पोन्स टिम गठन गरेको छ । नगर स्तरीय कृषि व्यवसाय प्रवद्र्धन समितिको  बैठकले वडाध्यक्ष सोहनप्रसाद थारुको संयोजकत्वमा कृषिविज्ञ, कृषि प्राविधिक, कृषक, सुरक्षाकर्मीको प्रतिनिधित्व रहनेगरी यापिट रेस्पोन्स टिम गठन गरेको हो ।


ADVERTISEMENT


जिल्लामा सलह किरा देखिएपछि नगरपालिकाले सम्भावित जोखिम व्यवस्थापनको लागि टिम गठन गरेको कृषि शाखा प्रमुख दोमलाल भुसालले बताउनुभयो । बैठकले सलह किराको प्रकोप देखिएमा धुवाउन, आवाज निस्कने सामाग्री थाल, टिन, ड्रमलगायत बजाउन, लामा डोरी खेतबारीको वारपार टांगेर दुबैतिरबाट बालीनालीका बोट हल्लाउन, झुलको प्रयोग गर्न किसानहरुलाई आग्रह गरेको छ ।


ADVERTISEMENT

# # #