भक्तपुर — प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा युवाहरुले भक्तपुरको सूर्यविनायकमा प्रदर्शन गरेका छन् । शुक्रबार बिहान युवाहरुले सूर्यविनायक चोकमा देश र जनतासँग मत माग्दा स्थायी सरकार बनाउने वाचाविपरीत सरकार गिराउने खेल भएको भन्दै प्रदर्शन गरेका हुन् ।


ADVERTISEMENT


सूर्यविनायकमा भेला भएका युवाहरुले ओलीको तस्बिर र लिम्पियाधुरा समेटिएको नेपालको नक्सा र ब्यानरसहित जुलुस निकालेका हुन् ।


ADVERTISEMENT

# # #


उनीहरुले ओलीले भारतले मिचेको लिम्पियाधुरासहितको नक्सा जारी गरेर राष्ट्रवादी छवि बनाएको भन्दै प्रर्दशन गरेका हुन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीमा बिनाएजेण्डा ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने माग उठाइरहेका बेला सडकमा युवाहरु समर्थन गर्दै प्रदर्शन गरेका हुन् ।